© २०२३
काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनावमा नजान आग्रह गरेका छन् । उनले प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेदवारहरुको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् ।
सोमबार काठमाडौँमा बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिए । उनले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने भन्दै मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो भने । कसैले चुनाव लड्छु भन्छ भने स्वस्थ ढंगले लड्न दिन आग्रह गर्दै प्यानल बनाइएको थाहा भए प्यानलको सिँगै उम्मेदवारी पनि खारेज हुनसक्ने चेतावनी दिए ।
उनले अध्यक्ष मण्डललाई उम्मेदवारी खारेज गर्ने अधिकार राखेर काम गर्न पनि निर्देशन दिए । प्यानलाइज गर्ने र दुई भागमा विभाजन गर्ने खालका काम कसैले पनि नगरी बन्द गर्न ओलीले निर्देशन दिए ।