© २०२३
काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग दम्भ नदेखाउन सरकारलाई सुझाव दिएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सोमबार सम्बोधन गर्दै ओलीले शिक्षकहरूलाई सरकारले विभाजन गरेको आरोप लगाए।
ओलीले सत्यसँग सिङ नजुदाउन, शिक्षकहरूसँग दम्भ नदेखाउन र चलाखी नगर्न सुझाए ।
सरकारसँग शुक्रबार ६ बुँदे सहमतिसँगै नेपाल शिक्षक महासंघले आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकहरूले त्यसलाई धोका भन्दै आन्दोलन जारी राखेका छन्।