© २०२३
भैरहवा, ८ असोज । सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले असहाय महिलाका लागि रु १ लाख रकमको चेक हस्तान्तरण गरेकी छिन् ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था जनउत्थान पहुँच सेवा केन्द्र भैरहवा शाखाको वार्षिक साधारण सभामा उप–प्रमुख अधिकारीले बिपन्न महिलाहरुका लागि श्रममा प्रयोग हुने गरी उक्त अक्षयकोषका लागि हस्तान्तरण गरेको बताइन । १ वर्ष भरीको ब्याजबाट बिपन्न महिलाहरुलाई आय आर्जनमा सहयोग होस भन्ने उद्देश्यले अक्षय कोषका लागि रकम हस्तान्तरण गरेको अधिकारीले बताइन ।
जनउत्थान पहुँच सेवा केन्द्र भैरहवाकी संयोजक शान्ति अधिकारीले सिद्धार्थनगर नगरपालिकाकी उप–मेयर उमा अधिकारीले आमाको नाममा अक्षय कोष रहने गरी हस्तान्तरण गरेको रकमबाट वार्षिक ब्याजले बिपन्न महिलाहरुलाई सिलाई मेशीन किन्नका लागि सहयोग गर्ने बताइन ।