© २०२३
बुटवल,८ असोज । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङमा एक १३ वर्षीय नाबालक पक्राउ परेका छन्।
बझाङ छबिसपाथिभेरा गाउँपालिका १ सुङ्ला बस्ने एक अपांग महिलालाई आइतबार दिउँसो ३ जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक नाबालकलाई आइतबार राति पक्राउ गरिएको हो।
जबरजस्ती करणी गरी फरार भएका नाबालकलाई बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो।
बुबाको निधन भइसकेको र आमा आइतबार नै घर बाहिर गएका बेला नाबालकले जबरजस्ती करणी गरेको खुल्न आएको छ।