© २०२३
नेपालगन्ज, ६ असोज । नेपाली कांग्रेस प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई वैचारिक हिसाबले सक्षम बनाउन पार्टी प्रशिक्षण आवश्यक भएको बताएका छन ।
नेपाली कांग्रेस लुम्विनी प्रदेशका उपसभापति श्रेष्ठले पार्टीको प्रशिक्षण विभागले प्रदेशभरिका पार्टीका सबै तहहरुलाई प्रशिक्षित गरेर पार्टीका हरेक कार्यकर्तालाई पार्टीका नीति र ईतिहास, राजनीतिक परिवर्तनमा गरेका भूमिकाका बिषयमा विशेष जानकारी हुनुपर्ने, कांग्रेस गौरपुर्ण ईतिहासको अनुभूति सबैलाई दिलाउन प्रशिक्षण अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गरे । बांकेका जिल्ला सभापति नारायण प्रसाद गौडेलले, पार्टी प्रशिक्षण कार्यक्रमलाई जिल्ला व्यापी रुपमा विस्तार गर्दै लग्ने धारणा व्यक्त गरे । जिल्ला प्रशिक्षण विभाग प्रमुख गोपाल प्रसाद अधिकारीले कार्यकर्तामा जागरुकता ल्याउन प्रशिक्षण आवश्यक भएको बताउदै प्रदेशको प्रशिक्षण विभाग प्रभावकारी हुने बताए ।
बांके जिल्लाका ८१ वडा, ८ पालिका प्रमुखहरुको सहभािगता हरेको प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठ, प्राध्यापक अशोक श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, अधिवक्ता कपिल देव शर्मा, कांग्रेस बांकेका प्रवक्ता डिल्ली गिरीले प्रशिक्षण दिएका हुन ।