© २०२३
काठमाण्डौ, ६ असोज । टर्कीमा आठ महिनाको अवधिमा ३३.४ मिलियन विदेशी पर्यटकलाई भित्राएको छ । जनवरीदेखि अगस्टसम्मको अवधिमा भित्रिएको यो संख्या गतवर्षको तुलनामा १३.९५ प्रतिशतले पर्यटकमा बढी हो ।
टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले शुक्रवार यसबारेमा जानकारी गराएको थियो । टर्कीका लागि आर्थिक केन्द्रका रुपमा पर्यटकीय क्षेत्र हो । यस वर्षको पहिलो आठ महिनामा ११.५ मिलियन आगन्तुकहरुलाई आकर्षित गरेको मन्त्रालयले जनाएको छ । भूमध्यसागरीय प्रान्त अन्ताल्या समुन्द्री तटका लागि परिचित छ । यहाँ यस वर्ष १०.२ मिलियन पर्यटक आएका छन् ।
त्यस्तै उत्तरपश्चिमी सीमावर्ती प्रान्त एडिर्नेले छिमेकी ग्रिस र बुल्गेरियाबाट ३.२ मिलियन पर्यटक भित्र्याएको छ । पछिल्लो ८ महिनामा रुस, जर्मनी र बेलायतबाट टर्की भ्रमण गरेका छन् । टर्कीले २०२२ मा ५१.४ मिलियन पर्यटक भित्र्याएको थियो भने त्यसबाट ४६ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।