ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
अन्तर्राष्ट्रिय शान्ति दिवसमा प्रदर्शन

युद्ध अपराधका दोषीलाई उन्मुक्ति अस्वीकार्य : खनाल

४ आश्विन २०८०, बिहीबार
४ आश्विन २०८०, बिहीबार

बुटवल, ४ असोज । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजना र स्थानीय संघसंस्थाको सहयोगमा विभिन्न संघसंस्थाले रुपन्देहीमा प्रदर्शन गरेका छन् । जिल्लाको सैनामैना नगरपालिकाको रामापुर कलोनीमा शान्तिको अपील गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनका सहभागीहरुले ‘हिंसाको भविष्य छैन,शान्तिको विकल्प छैन’,‘संक्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाऊ’,‘मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ’,‘सत्य निरुपण गरी पीडितलाई न्याय देऊ’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष गोबिन्द खनालले माओवादी द्वन्द्वमा बाल सैन्य प्रयोग र गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाहरु भएका प्रमाणित भइसकेकाले ती घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताए । अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार बाल सैन्य प्रयोग युद्ध अपराध भएकाले सरकारले उन्मुक्ति दिएमा अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरी हस्तक्षेप गर्ने खनालले चेतावनी दिए ।
संक्रमणकालीन न्यायलाई निश्कर्ष दिने भनी सरकारले ल्याएको अध्यादेशले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आम माफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य र कार्यान्वयन हुन नसक्ने उनले बताए ।
विश्वमा दीगो शान्ति कायम गर्न मुलुकमा विद्यमान गरिबी,बेरोजगारी र असमानता र विभेद अन्त्य तथा युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन सरकार, राजनीतिक दल सक्षम बन्नुपर्ने खनालले सुझाए ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराई, सैनामैना नगरपालिका ६ का वडाध्यक्ष गोपाल पोखरेल, रामापुर माविका अध्यक्ष विष्णु पाण्डे,नेपाल जेसीसका पुर्व उपाध्यक्ष विमल ज्ञवाली,दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोखरेल, पत्रकार हरिष ढकाल,पुजा ढकाल लगायतले विश्वमा शन्ति कायम गर्न युवाहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?