© २०२३
चन्द्रौटा (कपिलवस्तु), ३ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा संविधान दिवस मनाइएको छ । बुधबार चन्द्रौटामा सामूहिक दिप प्रज्ज्वलन गरि दिवस मनाइएको हो ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले संयक्त रुपमा चोकमा नेपालको नक्सा बनाएर दिप प्रज्ज्वलन गरि दिवस मनाइएका हुन् । सो अवसरमा नेकपा एमालेका शिवराज नगर अध्यक्ष जगत पौडेले सबैमा शुभकामना व्यक्त गरे ।
उनले भने–राष्ट्रियताको सवालमा स्थानीय सरकारले आयोजना गर्नुपर्ने कार्यक्रम गर्न नसक्नु दुखद हो ।
यस्तै माओवादी केन्द्रका नगर अध्यक्ष चिन्ता परियारले २०६२–०६३ को जनआन्दोलनको स्मरण गर्दै सबैको मनोभावनालाई समावेश गरेको संविधान प्रसंशायोग्य रहेको बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नागरिकको हकहितमा जारी भएको संविधान सराहनीय रहेको बताए ।