ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

देउवालाई शेखरको चेतावनी– ‘तपाईं नसच्चिए अब सहकार्य हुँदैन’

३ आश्विन २०८०, बुधबार
३ आश्विन २०८०, बुधबार

काठमाडौं, ३ असोज ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बुधबार बिहान सभापति शेरबहादुर देउवालाई उनको निवास धुम्बाराही पुगेर भेटेका छन्।

मंगलबार बसेको आफ्नो समूहको बैठकबाट सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने रणनीति बनाएलगत्तै कोइराला धुम्बाराही पुगेका हुन्।

जहाँ उनीसहित उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि साथमा थिए। मंगलबार बालुवाटारमा भएको बैठकले देउवालाई भेट्न शेखरसँगै महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डे पनि जाने निर्णय गरेको थियो। तर दुई नेता बाँकी रहेको बीपी साहित्य महोत्वसमा व्यस्त भएकाले धुम्बाराही गएनन्।

देउवासँगको भेटका क्रममा शेखरले चौधौँ महाधिवेशनपछि पनि सभापतिको कार्यशैलीमा कुनै परिवर्तन नदेखिएको भन्दै आक्रोश पोखेका छन्।

कोइरालाले देउवासँग भएको आधा घण्टा लामो भेटवार्ताका क्रममा पार्टीको आन्तरिक संरचनादेखि देशको आर्थिक र कूटनीतिक अवस्था पनि ध्वस्त हुने बाटोमा पुगेको कुरा राखेका थिए।

‘देशका हरेक सूचकहरु ध्वस्त हुने बाटोमा छन्। जनताले सरकार छ कि छैन भन्न थालेका छन’, देउवासँगको भेटमा कोइरालाको भनाइबारे उद्धृत गर्दै एक नेताले भने, ‘देशको अवस्था दिनदिनै जर्जर बनिरहँदा ९० सिट बोकेको कांग्रेस रमिते बनेर हेर्न मिल्दैन।’

कोइरालाले त्यसक्रममा कांग्रेसका भ्रातृसंगठन लथालिंग बनाएको, समिति मनोनयनमा पनि विधान र मापदण्ड केही पनि पालना नगरेको कुरा पनि उठाएका थिए।

‘भ्रातृसंगठनमा गाईजात्रे तरिकाले मनोनयन गरिएको छ। पार्टीमा पनि विधानविपरीत काम भइरहेका छन्। तपाईंको कार्यशैली पनि सुध्रिएन’, शेखरले देउवासँग भने, ‘विधानअनुरुप पार्टी र भ्रातृसंगठन चलाउने कुरामा तपाईंले वास्तै गर्नु भएन।’

कोइरालाले कोशी प्रदेशमा अस्थिरताको विषय पनि देउवासँग उठाए। ‘कोशी प्रदेशको समस्या त्यति गम्भीर तहमा पुगिसक्दा पनि कांग्रेसको भूमिका के हो? कहीँ कतै देखिँदैन’, कोइरालाले भने, ‘संघीय संसद्‍को संसदीय समितिको नेतृत्व चयनमा पनि छलफल हुँदैन। प्रदेश सरकारमा पठाउने सांसदबारे कुरै भएको छैन।’

उनले राष्ट्रिय राजनीति यति लथालिङ्ग हुँदा पनि कांग्रेस नेतृत्व चुपचाप बस्नु गैरजिम्मेवारीपन भएको उल्लेख गरे।

‘राष्ट्रिय राजनीति यति लथालिङ्ग हुँदा पनि, देश हरेक हिसाबमा ध्वस्त हुन लाग्दा सबैभन्दा ठूलो दल कांग्रेस चुपचाप छ’, कोइरालाले भने, ‘देश कूटनीतिक रुपमा असफल हुन लाग्दा पनि तपाईंले पार्टीभित्र कुनै छलफल गर्नु भएन।’

कोइरालाले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएका मन्त्रीहरुबारे देउवाले कहिले छलफल र समीक्षा नगरेकोमा पनि आपत्ति जनाए।

‘गठबन्धन सरकारमा पार्टीबाट गएका मन्त्रीहरुबारे हामी कहिले कुरा गर्दैनौँ’, उनले देउवासँग भने, ‘उनीहरुका कामको समीक्षा हुँदैन। धेरै मन्त्रीसहित पार्टी सरकारमा हुँदा पनि उनीहरुको कामले जनता कति खुसी छन्? हामीले कहिले त्यसबारे कुरै गरेनौँ।’

उनले पार्टीबाट जनता टाढिएको बताउँदै देशमा अराजकताको माहोल बनेको पनि उल्लेख गरे।

‘हामीबाट जनता टाढिइसके। मुलुकमा अराजकता बढिसक्यो’, उनले भने, ‘यस्तो अवस्थामा हामीले कुन मुख लिएर अघि बढ्ने? देशको अवस्था र सरकारको कार्यशैलीबारे हामी कुरै गर्दैनौँ। यसरी कति दिन चलाउने?’

उक्त भेटका क्रममा कोइरालाले अब पनि सच्चिएर नजाने हो भने अलग अलग बाटोमा अघि बढ्नु उचित हुने चेतावनी पनि देउवालाई दिएका छन्।

‘अब या त तपाईं यस्ता कुरा सच्याएर अघि बढ्नुस्। होइन भने तपाईं आफ्नो ढंगले अघि बढ्नुस्, म आफ्नो तरिकाले अघि बढ्छु। अबदेखि तपाईंसँग कुनै किसिमको संवाद र भेटघाटका लागि म आउँदिन। म आफ्नो ढंगले अब अघि बढ्छु।’

भेटमा सहभागी एक नेताले आक्रोशित भएका कोइरालाई शान्त पार्दै आफूले सबै कुरा मिलाउने जवाफ दिएका थिए।

‘म सबै मिलाइ हाल्छु’, उनले कोइरालालाई जवाफ दिँदै भनेका थिए, ‘धेरै चिन्ता गर्नुपर्दैन, म मिलाउँछु, हामी पार्टीमा पनि बसेर कुरा गरौँला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?