© २०२३
धनगढी, ३ असोज
संविधान दिवसको अवसरमा टीकापुर घटना ३ कैबन्दी कैलाली कारागारबाट रिहा हुने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जनासहित जम्मा ९ जना रिहा भएका हुन । टिकापुर घट्नाका बन्दी तिनै जनालाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरी र पार्टी अध्यक्ष एवं भूमि व्यवस्था सहकारी मन्त्री रन्जिता श्रेष्ठले स्वागत गरे ।
सो मुद्दा अन्तरगत टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा भएको कैलाली कारागार प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।