© २०२३
काठमाडौं, २ असोज । राष्ट्रिय बास्केटबल लिग (एनबीएल)को विजेताले ५ लाख रुपैयाँ पाउने भएको छ । नेपाल बास्केटबल संघले आयोजना गर्ने लिगको बिजेता टिमले ५ लाख रुपैया पाउने मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष भिम सिंह गुरुङले घोषणा गरे ।प्रतियोगिताको उप विजेताले २ लाख ५० हजार र लिगको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
राष्ट्रिय बास्केटबल लिग असोज १२ गतेदेखि असोज २७ गतेसम्म काठमाडौंमा सञ्चालन हुदैछ । प्रतियोगितामा विशला मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डेनगेट इन्टरनेश्नल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेश्नल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब गरि ८ टिमले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको तयारी स्वरुप सहभागी क्लबलाई तयारी खर्च स्वरुप ५० हजार दिईने र प्लेयर अफ द म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा बास्केटबल लिगका लागि कभर्ड हलको कोर्टको मर्मत भैरहेको संघका अध्यक्ष गुरुङले बताए ।