© २०२३
काठमाण्डौ, २ असोज । नेपालको भलिबल टिम एसियाली खेलकुद २०२३ को आफ्नो पहिलो खेलमा मंगलबार हार आत्मसात गरेको छ । नेपाल पुरुष भलिबलमा बहराइनसंग ३–१ को सेटमा पराजित भयो ।
पहिलो सेट पहिलो सेटमा जित निकाल्दै अग्रता लिएपनि त्यसपछि भने बहराईन खेलमा फर्कियो । योसंगै नेपालको एसियाली खेलकुदको पुरुष भलिबलमा पहिलो जितको सपना अधुरै रह्यो । चाइना टेक्सटाइल कभर्ड हलमा भएको खेलमा नेपाल २५–२०, २०–२५, १८–२५ र १५–२५ ले पराजित भएको हो ।
एसियाली खेलकुदको पुरुष भलिबलमा पाचौ पटक सहभागिता जनाएको नेपाल अहिलेसम्म कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । हारसंगै नेपालको समूह बी बाट अर्को चरण प्रवेशको सम्भावना कमजोर भएको छ । नेपालले अब आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानको सामना गर्नेछ ।