Butwal Today

महामन्त्री शर्मा र नेता पौडेललाई समूहमा भित्र्याउन शेखर पक्षको बैठक आज बस्दै

२ आश्विन २०८०, मंगलवार
अ+
अ-

बुटवल,२ असोज । नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै छ ।

डा. शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बोलाइएको छ । विश्व र प्रदीपलाई आफ्नो समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको हो ।

आजै चीन जाने भएकोले प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । १४औं महाधिवेशनपछि विश्व–प्रदीपसहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् ।

केन्द्रीय समिति बैठकअघि विश्व र प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको हो । पछिल्लो समय नेपाली कांग्रेसमा संस्थापन इतर पक्ष बलियो बन्ने प्रयासमा छ ।