© २०२३
बुटवल,३१ भदौ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै भएको बताएका छन्।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए।
‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्ने भन्दै उनले यसमा कुनै द्विविधा नराखे हुने ठोकुरवा गरे । नेता निधिले पूर्वसहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्ने बताए ।
वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो। राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा उनले जोड दिए। राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत सामान्य भएको उनको भनाइ थियो।
विकास निर्माणका काममा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरेका छन्।