© २०२३
बुटवल,२९ भदौ । नेपाल शिक्षक महासंघले सदनमा दर्ता भएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउदै आन्दोलनको घोषणा गरेको छ ।
महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० शिक्षकहरूको हकहितविपरीत भएको भन्दै सडक आन्दोलनको घोषणा गरेको हो ।
महासंघले आगामी असोज ३ गतेबाट देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ । विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सबालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।