© २०२३
बुटवल, २८ भदौ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो भनेर स्टाटस लेखेका छन् ।
एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।
उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए । तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । पार्टी छाड्नुको कारणबारे सोध्नका लागि गुरुङसँग गरिएको सम्पर्कको प्रयास सफल हुन सकेन ।