© २०२३
काठमाडौं,२७ भदौ । हिन्दू राष्ट्र, राजसंस्था पुन:स्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले काठमाडौंमा प्रर्दशन गरेको छ । भृकुटीमण्डपमा शुरु भएको प्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने बताए ।
बालुवाटार प्रकरणको नाइकेहरू, शरणार्थी प्रकरणका मुख्य नाइकेहरू, विभिन्न भ्रष्टाचारको काण्ड , सुन काण्डका मुख्य दोषीलाई पक्राउ नगरेसम्म देशभर आन्दोलन हुने उनले बताए ।