Butwal Today

नेम्बाङको अन्त्येष्टी २८ गते गरिने,उक्त दिन सार्वजनिक विदा

२६ भाद्र २०८०, मंगलवार
अ+
अ-

बुटवल,२६ भदौ । संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गिय नेता नेम्वाङको बिहीबार अन्त्येटि गरिने जानकारी दिएको छ। नेम्वाङका छोरा बुधबार अपरान्ह नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येटि गरिने भएको हो।

विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक एवम् धार्मिक संस्कारका लागि शव उनको निवास बालुवाटारमा राखिने जनाइएको छ। त्यसपछि राजकीय सम्मानका साथ बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। नेम्बाङको अन्त्येष्टी हुने दिन सरकारले सार्वजनिक विदा समेत दिएको छ ।