© २०२३
बुटवल,२६ भदौ । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
नेम्वाङको अप्रत्याशित निधनमा दु:ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएको उपाध्यक्ष विष्णु पौडेलले बताए ।
पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले बताए ।
शोकको घडिमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको पनि पौडेलले बताए। त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको छ ।
उपाध्यक्ष पौडेलका अनुसार पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने छ ।