ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

जिल्ला प्रशासनले भन्यो : तीजको नाममा तामझाम र रकम संकलन गरे कारवाही

२६ भाद्र २०८०, मंगलवार
२६ भाद्र २०८०, मंगलवार

बुटवल,२६ भदौ । जिल्ला प्रशासन कार्यालय पर्वतले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज तडकभडक तरीकाले मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यद्वारा जारी सूचनामा विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने क्रममा अत्यन्त खर्चिला तथा तडकभडकयुक्त कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको देखिएको भनिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने सम्बन्धमा सामाजिक व्यवहार सुधार ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गरेको जानकारी गराउँदै प्रशासनले यो भन्दा विपरीत गएमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको हो।

आफ्नो परम्परा एवम् रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक नियम विपरीत हुने गरी कोही कसैले अनावश्यक भड्किलो रूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरूमा कानुन विपरीत रकम संकलन गर्ने उद्देश्यले तिजको अवसरमा मेला, महोत्सव आयोजना गर्न नपाइने सूचनामा उल्लेख छ।

विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने क्रममा अत्यन्त खर्चिला तथा तडकभडकयुक्त कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको प्रशासनको ठहर छ । कोही कसैले अनावश्यक भड्किलो रूपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरूमा कानुन विपरीत रकम संकलन गर्ने उद्देश्यले तिजको अवसरमा मेला, महोत्सव आयोजना नगर्न नगर्न सचेत गराउंदै गराएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

सामाजिक अनुशासन कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्था, सञ्चारकर्मी र महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको प्रशासनले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?