© २०२३
बुटवल,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको निधनका कारण नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव र समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सभा स्थगित भएका छन् ।
नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ ।
नेकप एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने उनले बताए ।
तीनदिने साहित्य महोत्सव सांगीतिक साँझसहित आज समापन गर्ने कार्यतालिका थियो ।
यस्तै नेम्बाङको निधनका कारण समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभा पनि स्थगित भएको छ । आज स्थगित सभा अर्को मितिमा गरिने मोर्चाले जनाएको छ ।