ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

रवि लामिछानेको कोर टिमका मोहनजंगले मन्त्री बनाउन ३ करोड मागेको ढाकाकुमारको खुलासा

२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

बुटवल,२५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका पूर्वसांसद तथा नेता डा.ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको बताएका छन् ।

सभापति रवि लामिछानेको कोर टिमका सदस्यमध्येका थापाले आफूसँग तीन करोड रुपियाँ मागेको डा श्रेष्ठको भनाइ छ । डा।श्रेष्ठले आफूसँग थापाले सामाखुसीमा रकम माग गरेको बताए । केन्द्रीय सदस्य थापा अमेरिकामा बस्छन् । लामिछानेका निकै विश्वासिला व्यक्ति हुन् ।

विभिन्न टेलिभिजनहरूसँगको अन्तर्वार्तामा डा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको अडियोबारे डा।श्रेष्ठले भने, ‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन ।’

‘म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि’, उनले भने ।

तत्कालीन समयमा डा श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपियाँ रकम मागेको अडियो सार्वजनिक भएको थियो । अडियोका कारण डा।श्रेष्ठलाई रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रसाईंसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको बताएका छन् । प्रसाईंले सुनियोजितरूपमा अडियो सार्वजनिक गरेको डा।श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘एकपटक कुरा भएको थियो, दुर्गाजी केही परे सहयोग गर्नुपर्छ है, मेडिकल फिल्डको मान्छे भनेर केही समयअगाडि कुरा गरेको थिएँ ।’

‘उहाँले सुनियोजित तरिकाले उपचुनावको बेलामा ल्याएर मलाई वाट्सएपमा फोन गर्नुभयो र सहयोगको कुरा गर्नुभयो’, डा।श्रेष्ठले भने, ‘मन्त्री बन्दै हुनुहुँदोरहेछ, तपाईंलाई मैले सहयोग गर्नुपर्‍यो के भन्नुहोस् ।’

मन्त्री बन्ने कन्फर्म भइसकेको भन्दै मोहनजंग थापालगायतको टिमले तारन्तार फोन गरेपछि आफू रकम व्यवस्थापनमा लागेको र सोही क्रममा फिर्ता दिने गरी प्रसाईंसँग कुरा भएको डा श्रेष्ठले बताएका छन् ।

सुनियोजित तरिकाले पूरै संवाद बाहिर नल्याइएको दाबी उनले गरेका छन् । उनले भने, ‘पैसाको कुरा चल्यो, त्यतिखेर मलाई पैसा चाहिएको पनि थियो ।’

‘२–२ करोड माग्ने हो भने त फर्काउनु पनि पर्‍यो नि त’, डा श्रेष्ठले भने, ‘दुर्गा प्रसाईं मेरो दाइ होइन, बा होइन, त्यसै मलाई पैसा त दिनुहुन्न । फर्काउने सर्तमा कुरा भएको थियो, अडियोमा त्यो फर्काउने सर्त छैन ।’

रवि लामिछानेको कोर टिमका सदस्य समेत रहेका केन्द्रीय सदस्य थापाले आफूलाई तपाईं मन्त्री बन्दै हुनुहुन्छ भनेको र रकम पनि त्यही क्रममा रकम मागिएको उनले बताएका छन् ।

‘किन माग्नुभयो, थाहा भएन । मलाई चाहिँ तपाईं दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ’, डा. श्रेष्ठले भने ।
‘तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो । त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयोग चाहिन्छ भनेर उहाँले माग्नुभयो’, डा श्रेष्ठले भने ।

मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको डा।श्रेष्ठले भनेका छन् ।

मोहनजंग थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन् ।

‘त्यसपछि म त एक किसिमले मन्त्री बन्ने भएँ भन्ने सोच भयो । ४०–५० लाख मसँग थियो र अरू थप मलाई चाहियो’, डा।श्रेष्ठले भने ।

रवि लामिछानेको कोर टिम भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए ।

‘घण्टाघण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो, खै चेक ल्याइदेको, नभए तपाईंको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने’, डा श्रेष्ठले भने ।
सामाखुसीभित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन् । उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको डिल गरेका थिए ।

आफूलाई मात्र कारबाही भएकाले अरूको प्रमाण पनि सार्वजनिक गरिदिने उनले चेतावनी दिएका छन् । ‘मसँग प्रमाण छ, केही समयमा निकाल्छु’, डा।श्रेष्ठले भने ।
केन्द्रीय सदस्य थापा सभापति लामिछानेका अति निकट व्यक्ति हुन् । देशको कायापलट गर्ने नारा लगाउँदै आएका लामिछानेले अमेरिकामा बसेर ठगीको धन्दा चलाउँदै आएका थापालाई नै केन्द्रीय सदस्य बनाएका थिए ।

थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका थिए । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र लाइसेन्स र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?