© २०२३
भैरहवा, २५ भदौ ।
नेपाली कांग्रेसका पुर्ब केन्द्रिय महामन्त्री तथा पुर्ब उपप्रधानमन्त्री माननीय कृष्ण प्रसाद सिटौलाले नेपाली कांग्रेस देशका लागि जन्मिएको पार्टी भएको बताएका छन् । क्षेत्रिय कार्यसमिति, क्षेत्र नं ३ रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब केन्द्रिय महामन्त्री तथा पुर्ब उपप्रधानमन्त्री माननीय कृष्ण प्रसाद सिटौलाले कांग्रेस कांग्रेसका लागि मात्र नभइ देश र जनताको अधिकारका लागि जन्मेको पार्टी भएको बताए ।
उनले कांग्रेस सबै धर्म, संस्कृति, भाषा र सबै क्षेत्रको आस्थाको केन्द्र भएको दावी गरे । उनले भने, ‘कांग्रेसमाथि अनेकौं षडयन्त्र भयो । तर, सकेनन्, भविष्यमा पनि कांग्रेसलाई सकाउन सक्दैनन् । कांग्रेसकै नेतृत्वमा मुलुकमा परिवर्तन आएको उनको भनाइ छ । कमजोर अर्थतन्त्र नेपालको समस्या भएको र यही ढंगले अर्थतन्त्र सुधार हुन नसक्ने सिटौलाले बताए । उनले तीनै तहको सरकारको अहिले मूल्यांकन गरिहाल्ने बेला भइनसकेको धारणा व्यक्त गरे ।
नेता सिटौलाले भने, ‘स्थानीय सरकार दोस्रो बजेटमा गएका छन्, केन्द्र सरकार भर्खर पहिलो बजेटमा गएको छ, प्रारम्भिक अवस्था मान्नुपर्छ । ’ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि संविधानबमोजिम तीनै तहका सरकारले एक कार्यकाल पूरा गरिसकेको उनको भनाइ छ । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री उमाकान्त चौधरी, केन्द्रिय सदस्यहरु गंगा शाही, कुन्दन राज काफ्ले, तारामान गुरुङ, धना खतिवडा, भिम पराजुली, कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङ, कोषाध्यक्ष कृष्ण खनाल, सचिव एवं प्रवक्ता लेखनाथ भट्टराई लगायतले मन्तव्य राखेका थिए ।