ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

कानून बनाएरै राज्यले विभेद गरेको ब्राह्मण समुदायको गुनासो

जातीय आरक्षण खारेज गर्न माग
२५ भाद्र २०८०, सोमबार
२५ भाद्र २०८०, सोमबार

बुटवल,२५ भदौ । राज्यले कानून बनाएरै ब्राह्मण समुदायमाथि विभेद र अन्याय गरेको भन्दै जातीय आरक्षण खारेज गर्न माग गरेका छन् । ब्राह्मण अगगुवाहरुले आफ्ना धर्म,संस्कार संस्कृतिको रक्षाका लागि ब्राह्मण समुदायबीच एकता हुनुपर्नेमा जोड दिंदै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

ब्राह्मण समुदायबीच एकता नहुदा ब्राह्मण समुदायका धर्म संस्कार र संस्कृतिप्रति प्रहार भएको सरोकारवालाहरूले बताएका छन् ।

सोमबार रूपन्देहीको ड्राइभरटोलमा आयोजित ब्राह्मण समाज रूपन्देहीको तेस्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले ब्राह्मण समुदाय बिभिन्न राजनीतिक दलमा बिभाजित हुनुका साथै आफ्नो धर्म संस्कार र संस्कृतिबाट बिचलित हुदा ब्राह्मणहरूको धर्म,संस्कार र संस्कृतिमाथि प्रहार भएको औंल्याए ।

९४ प्रतिशत ओमकार समुदाय बस्ने मुलुकलाई सीमित ब्यक्तिको निहित स्वार्थ पुर्तिका लागि लहडको भरमा धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नु गलत भएको उनीहरुके भनाई छ ।

कार्यक्रममा ब्राह्मण समाज नेपालका केन्द्रीय सहअध्यक्ष रोमणिप्रसाद पाठकले राज्यले ब्राह्मण समुदायलाई कानूनीरुपमै विभेद गरेको गुनासो गरे । उनले मुलुकमा जातीय तथा धार्मिक जातीय द्वन्द्व निम्ताउने षड्यन्त्र भइरहेको भन्दै त्यसतर्फ सबै जात जाती तथा धार्मिक समुदाय सचेत बन्नुपर्ने बताए ।
सदियौदेखि मिलेर बसेको नेपाली समाजलाई विभिन्न बहानामा लडाउने षड्यन्त्र भइरहेको भन्दै उनले ब्राह्मणहरूले आफ्नो धर्म, संस्कारको पालना गर्न जरुरी रहेको उल्लेख गरे ।

ब्राह्मण समुदायले मुलुक सञ्चालन गर्ने नेतृत्व गरेको अवस्थामा ब्राह्मण समुदायमाथि थिचोमिचो भैरहेको भन्दै आफ्नो धर्म,संस्कार र संस्कृतीको संरक्षणका लागि ब्राह्मणहरू एकजुट हुनुको बिकल्प नभएको बताए ।
ब्राह्मण समाज नेपालकी केन्द्रीय कार्यसमिति सदस्य पार्वती भण्डारीले ब्राह्मण समुदायमाथि कानुनीरुपमै विभेद भएपछि जात परिवर्तन गर्न वाध्य भएका र २५ प्रतिशत रेहको जनसंख्या घटेर ११ प्रतिशतमा झरेको बताइन् ।

उनले ८० प्र्रतिशत बढी हिन्दु धर्मावलम्बीमाथि सरकारले उपेक्षा गरेर धर्मनिरपेक्ष मुलुक बनाएपछि क्रिश्चियन धर्ममा धर्मान्तरण बढ्दो दरमा गएको बताइन् । उनले विद्यार्थीले उच्च शिक्षा पढ्न पाउने छात्रवृत्ति पनि जातीय आधारमा गर्दा उत्कृष्ट अंक ल्याएका ब्राह्मण समुदायका विद्यार्थीहरु आरक्षणका कारण पढ्न नपाई कैयौं विद्यार्थी मानसिकरुपमा विक्षिप्त भएका बताइन् ।
९५ प्रतिशत नम्बर ल्याउने ब्राह्मण समुदायका छोराछोरीले छात्रवृत्ति नपाउने र अन्य समुदायका ५० प्रतिशत ल्याउनेले छात्रवृत्ति पाउने कुराले धेरै ठूलो अन्याय भएको उनले बताइन् ।
कार्यक्रममा ब्राह्मण समाज नेपाल केन्द्रिय सदस्य विष्णु प्रसाद काफ्ले, लोकनाथ पाण्डे, लोकनाथ खरेल, ज्ञानदेव हटुवाल, ब्राह्मण समाज नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष टोपलाल भुसाल, उपाध्यक्ष गोविन्द राज पाण्डे, सचिव तिलक प्रसाद न्यौपाने, समाजका देवदह वडा नं ५ का अध्यक्ष माधव रिमाल लगायतले आआफ्ना धारणा राखेका थिए ।
अधिवेशनमा जिल्लाका विभिन्न पालिका, वडा वडा र पालिकाबाट प्रतिनिधिहरू सहभागी भएका समाजका रुपन्देही २ (क) का क्षेत्रीय सहसचिव बालकृष्ण भट्टराईले जानकारी दिए । अधिवेशनले समाजको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?