© २०२३
काठमाडौ, २५ भदौ । नेपाली फुटबलको खस्किदो अवस्थाको जिम्मेबारी अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष र महासचिवले लिनुपर्ने भन्दै बिरोध शुरु भएको छ । वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धरासयी बनाउन लागि परेको र सो पदबाट बर्खास्त गर्ने गरि असन्तुष्ट पक्ष कानुनी उपचारमा लागेका छन ।
असन्तुष्ट पक्षले तत्काल साधारणसभा बोलाउन माग गर्दै सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्ने सम्बन्धी एजेण्डा राख्न माग गरेका छन् । एन्फा विधानको धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यहरुको हस्ताक्षरसहित विशेष साधारणसभा बोलाउन पेश गरिएको अध्यक्षलाई सम्बेधन गरिएको निवेदनमा उल्लेख छ ।
निवेदन दिनेमा संकटा क्लबका इन्द्रमान तुलाधार, सातदोबाटो क्लबका कपिल राना मगर, मध्यपुर युथ क्लबका सुनिल श्रेष्ठलगायत ४८ सदस्य तथा क्लब अध्यक्षहरु छन् । अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग गर्नेहरुले विभिन्न १९ बुँदे आरोप लगाउँदै उनीहरुले समग्र फुटबललाई नै संकटतर्फ लगिरहेको आरोप लगाएका छन् ।
महिला लिग सञ्चालन गर्न नसकेको, जिल्लामा अनुदान दिन नसकेको र प्रतियोगिता पनि गर्न नसकेको, फिफाबाट पूर्वाधारका लागि प्राप्त अनुदानलाई प्रतियोगिताहरु आयोजनाका लागि रकमान्तर गरेको, खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न नसकेको, नेपाली फुटबललाई धरासयी बनाएको लगायत आरोप उनीहरुमाथि छ ।