ट्रेंडिंग:

>> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक >> काममा हिडन थाले सैफ अली >> दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता >> अमेरिकाबाट अवैध आप्रवासी फर्काउन कोलम्बिया सरकार तयार >> काठमाडौंमा ३९ लाख नगदसहित एक जना पक्राउ >> पाल्पाका दश हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने >> सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो >> सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने >> ओस्कार ट्रफीमा देखिने मूर्ति कस्को हो त? रोचक कुरा जान्नुहोस् >> हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’ >> अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ >> भन्सार राजस्व चुहावट रोक्न जोड >> अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस् >> न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा >> ‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला >> मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक >> अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलः पर्यटनको ढोका >> पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> सत्तारुढ दलको बैठक बस्दै >> करोड धरौटी बुझाएर छुटे रवि >> खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह >> रविबारे रुपन्देही अदालत- आरोपितले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन >> ताल परिसरमा बनेको टहरा हट्यो >> रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश >> आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता >> २८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान >> भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता उपलब्ध >> रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने >> नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै

विद्यालयस्तरमा जिम्न्यास्टिक्स खेल विकासलाई जोड

कास्कीको अध्यक्षमा सोमबहादुर निर्वाचित
२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

पोखरा, २४ भदौ । कास्की जिल्ला जिम्न्यास्टिक्स संघको शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सोमबहादुर साईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मण आचार्य, महिला उपाध्यक्ष एनशोभा गुरुङ, सचिवमा गौतम चौधरी, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी, सहकोषाध्यक्षमा अर्जुन गुरुङ तथा सदस्यहरुमा मीनबहादुर थापा, सुवर्णराज पन्त, पविन बास्तोला, दिपेश राना, रामबहादुर क्षेत्री, मुना लामिछाने र बालकुमारी गुरुङ छन् ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक नेपाल जिम्न्याष्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, सदस्य केशवशरण पौडेल, राजु कायस्थ र राजु केसीले सपथ खुवाएका थिए ।
कार्यक्रममा कास्की जिल्ला जिम्यास्टिक्स संघका सचिव प्रकाशचन्द्र सापकोटाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष थमनबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मत पास गरेको थियो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष ध्वजकुमार गुरुङले खेलाडी उत्पादनमा सबै संघसंस्थाहरुको पहल जरुरी रहेको बताए । अब हुने दशौ राष्ट्रिय खेलकुद महोत्वसलाई लक्षित गरेर खेलाडी उत्पादन गर्न सुझाव दिदै उनले पुर्वाधार र खेल विकासमा एकिकृत योजना बनाउनुपर्ने बताए । ‘सुस्ताएको जिम्न्यास्टिकलाई चलायमान गराएर कास्कीमा पनि जिम्न्याष्टिक खेल छ है भन्ने अवस्था तपाईहरुले ल्याउनुभएको छ ।’ उनले थपे, ‘अब खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेललाई पुर्याउने दायित्व संघको काधमा आएको छ ।’ जिम्यास्टिकका हरेक गतिविधिमा प्रदेश खेलकुद परिषदले समन्वय गरेर अगाडि बढ्ने उनले विश्वास दिलाए ।

कार्यक्रममा पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका सदस्य तिलकबहादुर अधिकारी, नेपाल जिम्न्यास्टिक्स संघका केन्द्रीय सदस्य योगेन्द्रबहादुर गुरुङ, कास्की जिल्ला जिम्न्यास्टिक्स संघका सल्लाहकार केशवशरण पौडेलले निजि तथा सामुदायिक विद्यालयस्तरमा जिम्न्यास्टिक्स खेल विकासलाई जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?