ट्रेंडिंग:

>> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने

समाजवादी मोर्चाले एक सिट पनि जित्दैन : धर्मेन्द्र बास्तोला

२४ भाद्र २०८०, आईतवार
२४ भाद्र २०८०, आईतवार

बुटवल, २४ भदौ ।  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले समाजवादी मोर्चा औचित्यहीन गठबन्धन भएकाले पतनको बाटोमा रहेको बताएका छन् ।
आइतबार बुटवलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता बास्तोलाले उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न मात्रै प्रयोग भएकाले छिटै पतन हुने दावी गरे ।
आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सिट पनि नजित्ने उनको दावी छ ।
यो मोर्चा पतनको बाटोमा छ,चुनावमा गए एक सिट पनि जित्दैन भनेर प्रचण्डलाई पनि भनिदिएको बास्तोलाले बताए ।
प्रवक्ता बास्तोलाले अहिलेको संसदीय व्यवस्थामा नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री भएको खण्डमा प्रचण्ड भन्दा पनि खराब भएर निस्कने आरोप लगाए ।
नेता बास्तोलाले राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयां दलहरुले पनि देश चलाउन नसक्ने बताए । उक्त पार्टीका अध्यक्ष रवि लामिछानेमाथि अमेरिकामा रहंदा बैंक ठगी लगायत थुप्रै मुद्दा रहेको जिकिर गर्दैै बास्तोलाले उनी नेतृत्वको पार्टी देशका समस्याहरुको समाधान नभएको बताए ।
मुलुकमा भ्रष्टाचार नीगित र संस्थागत भएकाले अहिलेको संविधान र कानून नबदलेसम्म ठूला भ्रष्टाचारमा कोही पनि कारवाहीमा नपर्ने उनको तर्क छ ।
केही दिन अघि चिनिया राष्ट्रपतिले दिएको अभिव्यक्तिको शैली सही नभएपनि सारमा उनको भनाई सही भएको बास्तोलाले टिप्पणी गरे । उनले नेकपा वहुमत र नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी एकता भएर क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन भएको र आफूहरुले सच्चा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्दै जाने बताए । कम्युनिष्टहरुको एकता भए नेपालमा दुई तिहाई वहुमत आउने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?