© २०२३
बुटवल, २३ भदौ । विद्यालयस्तरका तेक्वान्दो खेलाडीहरुका बिचमा खेलमार्फत प्रतिस्पर्धा गराउदै क्षमता विकास गराउने उद्येश्यका साथ बुटवलमा अन्तर विद्यालय प्रतियोगिता भएको छ । आरके तेक्वान्दो एकेडेमीको आयोजनामा शनिबार बुटवलमा जुनियर ईन्टरनल स्कुल तेक्वान्दो च्याम्पियनसिप २०८० भएको हो ।
छात्र ३८ किलो तौल समुहमा स्वप्निल श्रेष्ठ स्वर्ण पदक जिते, फाईनलमा अस्वीन श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते । अस्वीन रजत पदकमा चित्त बुझाए । समुहमा एलिन थापा र रुशान शाक्य तृतिय हुदै कास्य पदकबाट पुरस्कृत भए । यसैगरि छात्र २९ किलो तौल समुहमा शुसान्त भट्टराईले स्वर्ण जिते । उनले फाईनलमा बसन्त भट्टचनलाई पराजित गरे । बसन्त रजत पदकमा चित्त बुझाए । शुसान्त पछाई र सोहन सुनार तेस्रो हुदै कास्य जिते । छात्र ३१ केजी तौल समुहमा सन्दिप पुलामीले स्वर्ण जिते । फाईनलमा उनले आयुष बस्नेतलाई पराजित गरे । खेलमा आयुष रजत तथा सुयोग उचाई मगर र आरुष बश्याल तृतिय हुदै कास्य पदक जिते । छात्र ४१ केजी तौल समुहमा पुजन सिजालीले फाईनलमा लब बज्राचार्यलाई पराजित गर्दै स्वर्ण पदक जिते । लब रजत पदकमा चित्त बुझाए ।
छात्र १७ केजी तौल समुहमा राजित थापाले प्रतिक ढेगालाई पराजित गर्दै स्वर्ण जिते । प्रतिक रजतमा चित्त बुझाए । रंजित थापा र रोजन चन्द ठकुरी तृतिय हुदै कास्इ पदक जिते । छात्र २४ केजी तौल समुहमा अनुज गहतराजले फाईनलमा सुभम भुषाललाई पराजित गर्दै स्वर्ण हात पारे । सुभम रजत पदकमा चित्त बुझाए । दिपेश थापा र रोमित क्षेत्री तृतिय हुदै कास्य पदकबाट पुरस्कृत भए । छात्र ४० केजी तौल समुहमा पियुष श्रेष्ठले फाईनलमा हिमाल सुनारलाई पराजित गर्दै स्वर्ण जिते । हिमाल रजतमा चित्त बुझाए । सुवर्ण शाक्य तृतिय हुदै कास्य जिते ।
छात्रा २५ केजी तौल समुहमा कृशा लाम्टाङे स्वर्ण पदक जिते, उनले फाईनलमा स्थापना सुवेदीलाई पराजित गरे । स्थापना रजत पदकमा चित्त बुझाए । समुहमा बिवशा सिन्जाली र अपसना रोक्का तेस्रो हुदै कास्य पदकबाट पुरस्कृत भए । छात्रा ३१ केजी तौल समुहमा एन्जल गोतामेले फाईनलमा किन्जल रानालाई पराजित गर्दै स्वर्ण पदक जिते । किन्जल रजतमा चित्त बुझाए ।
छात्रा ३८ केजी तौल समुहमा ईच्छा ढुगानाले फाईनलमा अना थापालाई पराजित गर्दै स्वर्ण पदक जिते । अना रजत तथा अनुष्का पाण्डे तृतिय हुदै कास्यमा चित्त बुझाए । छात्रा ४१ केजी तौल समुहमा अन्सिक चौधरीले स्वर्ण जितिन । उनले फाईनलमा आयुनषा रिजाललाई पराजित गरिन । आयुनषा रजतमा चित्त बुझाए । छात्रा ५५ केजी तौल समुहमा अनिश्का थापाले रिया क्षेत्रीलाई पराजित गर्दै स्वर्ण जितिन । रिया रजत पदकमा चित्त बुझाए । सृष्टि भट्टचन तृतिय हुदै कास्य जितिन ।
एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य राजकुमार पाण्डे, लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य लालहरि पाण्डे, डोजाङ चिफ कृष्ण लाम्टाङेले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । सात वटा छात्र र पाच वटा छात्रा तौल समूहमा भएको प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल, कान्ति माबि र स्कलर्स होम स्कुलका ४५ जना खेलाडीहरु सहभागी रहेको थियो ।