© २०२३
बुटवल,२२ भदौ । नेकपा एकीकृत समाजवादीले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान शुरू गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्यले मेची–महाकाली राष्ट्रिय अभियान शुरू गर्न लागिएको सो पार्टीको दावी छ ।
अभियान असोज १४ गते मेचीबाट शुरू भई असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुने छ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।
अभियानमा राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा एमालेसँग विद्रोह गर्नुको कारण, जनजीविका, सामाजिक रुपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइने जानकारी उनले बताए ।