© २०२३
बुटवल,२१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको छानवीन गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै थापाले संविधानसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई लिएर थापाले घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
प्रधानमन्त्री र गृहमन्त्रीले कसैलाई छाडिने छैन भन्दै भाषण गरेर हिँडेको तर परिणाममा त्यस्तो नदेखिएको उनको भनाइ थियो।