© २०२३
बुटवल,२० भदौ । पुर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले सशष्त्र युद्धका बेला गरेको व्यक्ति हत्याको विषयमा पीडित पक्षसँग घरघर गउर माफी माग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा एकीकृत समजवादी पार्टीमा जानसक्ने तर नेकपा माओवादी केन्द्रमा जान नसक्ने बताएका हुन् । उनले प्रचण्डले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।
राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उनको तर्क छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।
समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे । पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरै कुरा शंकाको घेरामा आएको उनले बताए ।