© २०२३
बुटवल,२० भदौ । मिस युनिभर्स नेपालका २०२३ को फाइनल भदौ २३ गते हुने भएको छ ।
फाइनल अघि अन्तिम २२ जना प्रतिस्पर्धीहरूबीच प्रश्नोतर कार्यक्रम समापन भएको छ। मिस युनिभर्सको अन्तिम २२ जना प्रतिस्पर्धीमा प्राप्ति खड्का, सबिना चौधरी, चनेल श्रेष्ठ, प्रेमा लामगडे, डा. पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहेका छन्।
मिस युनिभर्स नेपाल २०२३ को फाइनल भदौ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुँदैछ। २२ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट विजेताले नोवेम्बरमा एलसाल्वा डोरमा हुने मिस युनिभर्समा नेपाललाई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन्।
काठमाडौंमा आयोजित एक समारोहकाबीच अन्तिम २२ जना प्रतिस्पर्धीहरू बीच निर्णायक मण्डलले प्रश्नोतर गरेका हुन्।
उनीहरूले प्रतिस्पर्धीहरूलाई मिस युनिभर्सको प्याटफमलाई कसरी लिएको र समाज परिवर्तन सँगसँगै सामाजिक, राजनीति, आर्थिक विषयमा प्रश्नोतर गरेका थिए।
उक्त प्रश्नोतर सेसनमाबाट प्राप्त प्राप्तांक र भोटिङमार्फत् प्रतिस्पर्धीहरूले पाएको स्कोरका आधारमा फिनालेमा उत्कृष्ट १० जना प्रतिस्पर्धीहरू सार्वजनिक गरिने र २२ जना प्रतिस्पर्धीहरूबाट एक जना विजेता घोषणा गरिने उमंग क्रियसनका डाइरेक्टर उद्धव अधिकारीले बताए।
उनले विगत तीन वर्षदेखि प्रशान्त ताम्राकारकै कन्सेप्टसँगसँगै कोरियोग्राफीमा मिस युनिभरसको आयोजना हुँदै आएको र चौथो वर्ष पनि ताम्राकारकै कोरियोग्राफीमा प्रतिस्पर्धीहरू सार्वजनिक गरिएको बताए।