© २०२३
बुटवल,१७ भदौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र आईसीपी र विशेष आर्थिक क्षेत्र सेजको अनुगमन गरेका छन् । अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री रिजालले कर्मचारीहरूलाई चुस्त दुरुस्त कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
एकीकृत भन्सार जाँच केन्द्र आईसीपीका कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री रिजाललाई आईसीपीको स्थलगत जानकारी गराएका थिए ।
सेजको अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले मन्त्री रिजाललाई सेजको स्थलगत जानकारी गराउँदै सेजको बिस्तृत प्रस्तुति समेत देखाएका थिए ।
मन्त्री रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिवद्दता ब्यक्त गरेका छन् । उद्योगीले उद्योग स्थापना गर्न अहिले जग्गा लिजको लागि सरकारले तोकेको ६० रुपैयाँ प्रति स्वाक्यर मिटर जग्गा मूल्यलाई घटाएर प्रति स्वाक्यर मिटर ८ देखि १० रुपैयाँसम्म बनाउन पहल गर्ने मन्त्री रिजालले प्रतिवद्धता जनाए ।
आईसीपी र सेजको अनुगमन पश्चात मन्त्री रिजालले भैरहवाका उद्योगी व्यवसायीहरुसँग भेटघाट पनि गरेका छन् ।