© २०२३
काठमाण्डौ, १७ भदौ । स्पेनमा पहिलो पटक जुलाई महिनामा मात्रै १ करोड एक लाख विदेशी पर्यटकहरु भित्रिएका छन् । कोरोना महामारीपछि राम्रोसँग फस्टाउन नसकेको पर्यटन व्यवसायले गति लिएको हो ।
आइएनइको टुरिस्ट मुभमेण्ट्स एट बोर्डको अध्ययन अनुसार जुलाईमा एक करोड १ लाख विदेशी पर्यटक स्पेन भ्रमणमा आएको देखाएको हो । जुन २०२२ को तुलनामा ११.४ प्रतिशतले बढी हो । २०१९ को तुलनामा २.६ प्रतिशतले बढी हो ।
२०२३ को पहिलो सात महिनामा ४७.६ मिलियन विदेशीहरुले स्पेन भ्रमण गरेका थिए । जसमा सात महिनामा ९.८ मिलियन बेलायतीहरुले स्पेन भ्रमण गरेका छन् त्यसपछि फ्रान्सका ६.४ मिलियन रहेका छन् ।
भिडियो सामग्री
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।