© २०२३
बुटवल, १६ भदौ ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्र िकटाक्ष गरेका छन् । उनले एमाले काँचो माटोको ढिस्को नभएको भन्दै प्रचण्डले एमालेमा पहिरो जाँदेछ भनेर दिएको अभिव्यक्तिको कटाक्ष गरेका हुन् ।
एमालेको लुमिबनी प्रदेश अधिवेशन उदघाटन गर्दै अध्यक्ष ओलीले भने–“प्रचण्डले एमालेमा ठुलै पहिरो जाँदैछ भनेर अभिव्यक्ति दिएछन्, म उहाँलाई भन्न चाहन्छु, एमाले काँचो माटोको ढिसको होइन ।” ओलीले बरु नेकपा एस र माओवादीमा भने पहिरो गैरहेको बताए ।
उनले माओवादीमा रहेका आम इमान्दार कार्यकर्ता अव अलमिलन आवश्यक नरहेको भन्दै एमालेमा आएर देश विकासको नेतृत्व गर्न आह्वान गरे । उनले नेकपा एसबाट विभिन्न कमिटीहरु सामूहिक रुपमा एमालेमा आउने क्रम जारी रहेको भन्दै बाँकी रहेका र अलमलमा परेका कार्यकर्तालाई पनि कुनै भ्रम र अलमलमा नपरी एमालेमा आउने आग्रह गरे ।
फरक प्रसंगमा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको जमिन बेच्दै हिँड्ने अधिकार नभएको पनि बताए ।
उनले बंगलादेश जाने बाटोको बारेमा बुझ्दै नबुझि प्रधानमन्त्रीले बंगलादेशसम्म जान दिने हो भने त्यो भूभाग छाडिदिने भनेको ओलीको भनाई छ ।
‘अहिले जानेले त के भन्छ् बंगलादेशसम्म जाने हो भने त्यो भूभाग छाडिदिन सकिन्छ । बंगलादेशसम्म जाने बाटो पहिला नै भारतले दिइसकेको छ, त्यो हामीले पाउने कुरा हो,’ ओलीले भने । साथै, उनले मन लागेको खण्डमा जमिन बाँड्न नपाउने बताए ।
‘बंगलादेश जान बाटो नपाएको छ र हामीले ? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ ? पैतृक सम्पत्ति हो देशको जमिन। प्रचण्डलाई जमिन बाँड्ने अधिकार नेपाली जनताले दिएको छैन,’ ओलीले भने, ‘नेपालको भूभाग अखण्ड छ । हाम्रो देशको एक ईन्च जमीन पनि कसैले टुक्रयाउन पाइँदैन ।’