© २०२३
काठमाण्डौ, १६ भदौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन । काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्र्यले शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताए ।
काठमाडौंका सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताए । आचार्यले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । मानव स्वास्थ्यका लागिपनि साईकल यात्रा उपयुक्त हुने बताए । साईकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साईकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताए ।
सडकका नयाँ संरचनाहरु बनिरहेपछि साईकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाई छ । आफूसँग साइकल चलाउने सीप भएपनि साईकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको दुखेसो गरे । पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो ।
भिडियो सामग्री