ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

पूर्वाधार नबन्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयले खुलायो भर्ना

१६ भाद्र २०८०, शनिबार
१६ भाद्र २०८०, शनिबार

बाँके, १६ भदौ ।

स्थापनाको एक वर्षपछि लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले भर्ना खुलाएको छ । भदौ ६ गते दुईवटा कार्यक्रमका लागि भर्ना खोलिएको विश्वविद्यालयले जानकारी दिएको छ ।

विश्वविद्यालयले ‘बिटेक इन आईटी’ र ‘बिटेक इन सिएस एण्ड एआई’ कार्यक्रममा भर्ना खोलेको हो । आगामी असोज ६ गते फारम भर्ने अन्तिम समय कायम गरिएको छ भने दुईवटा कार्यक्रममा ४८÷४८ विद्यार्थीको कोटा तोकिएको छ ।

भर्ना खोलेपनि विश्वविद्यालयको पूर्वाधार निर्माणको काम हुन सकेको छैन । अहिले रहेको कार्यालयबाटै पढाउने योजना छ । विश्वविद्यालय खजुरामा प्रस्तावित गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक विनोद ढकालका अनुसार चालु शैक्षिक सत्रबाट ‘बिटेक इन आईटी’,‘बिटेक सिएस एण्ड एआई’, ‘बिटेक इन आईटी इन्जिनियरिङ्ग’ लगायत पाँचवटा शैक्षिक कार्यक्रम संचालन गर्ने लक्ष्य छ । तर हाल दुईवटा कार्यक्रममा भर्ना खोलिएको छ ।

अर्को वर्षको शैक्षिक सत्रबाट थप कार्यक्रम संचालन हुने कार्यक्रम रहेको उपकुलपति ढकाल बताउँछन् । उनका अनुसार खजुराको केन्द्रीय क्याम्पसमा इन्जिनियरिङ्ग र सूचना प्रविधि र निकट भविष्यमा दाङ्ग र रुपन्देहीमा कृषि, वन र पर्यटनसंग सम्बन्धित कार्यक्रम संचालन हुने छन् । तर यी कार्यक्रम सञ्चालनका लागि पूर्वाधार खोज्न सकस परेको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका–८ मा प्रस्ताव गरिएको छ । त्यहाँको एक सय बिगाह जग्गा विश्वविद्यालयको नाम गर्ने वा लिजमा दिने भन्ने रायसहित गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारसंग अनुमति मागेको थियो । मन्त्रालयले सकारात्मक सहयोग गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफान बताउँछन् ।

तुफानले जग्गाका विषयमा कानून बमोजिम सरकारसंग माग गरिएको हुँदा त्यसको निकास निस्किएको बताए । विश्वविद्यालय स्थापनाकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपतिले बर्षदिन पुरा हुँदा पनि पूर्वाधार निर्माणको काममा प्रगति नहुँनु दुःखद कुरा भएको बताउँदै भन्छन्,–‘तत्काल पूर्वाधार निर्माण हुन नसक्ने अबस्था छ भने जनकशिक्षा सामग्री केन्द्र वा अन्य कुनै विकल्प खोजेर खजुरामै विश्वविद्यालयको कार्यालय राख्नुपर्छ र पढाई पनि त्यही शुरु गर्नुपर्छ ।’

कक्षपतिले जनक शिक्षा सामग्री केन्द्रको भवन सबैभन्दा उत्तम विकल्प भएको बताउँदै त्यसका लागि केन्द्रीय सरकारलाई जसरी पनि मनाउनुपर्ने बताए । ‘त्यो दिन मानिरहेका छैनन् भन्ने सुनेको छु तर विश्वविद्यालयलाई पूर्वाधार सम्पन्न बनाउन लाग्ने हो भने जसरी पनि जनकशिक्षाको भवनलाई उपयोग गर्नुपर्छ’– कक्षपतिले भने ।

लुम्बिनी प्रदेश बिश्वबिद्यालयको काम तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा अघि बढेको थियो भने कुलप्रसाद केसीको पालामा राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको थियो । खजुरामा एक सय बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता अनुसार बाँकेमा विश्वविद्यालय स्थापना भएको कक्षपति बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?