© २०२३
बुटवल,१६ भदौ । नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबार अमेरिकी डलर, युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
१ अमेरिकी डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ कायम भएको छ। शुक्रबार १ अमेरिकी डलरको खरिद दर १३२.१६ रुपैयाँ र बिक्री दर १३२.७६ रुपैयाँ थियो।
युरोपियन युरोको भाउ पनि थौरै घटेको छ। आज १ युरोपियन युरोको खरिद दर १४३.२१ तय हुँदा बिक्री दर १४३.८६ रुपैयाँ रहेको छ। शुक्रबार १ युरोको खरिद दर १४३.७२ रुपैयाँ र बिक्री दर १४४.३८ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको बिक्री दर १६७.३९ रुपैयाँ र बिक्री दर १६८.१५ रुपैयाँ रहेको छ। शुक्रबार १ पाउण्ड स्टर्लिङको खरिद १६७.६६ रुपैयाँ र बिक्री दर १६८.४२ रुपैयाँ थियो।