© २०२३
बुटवल,१५ भदौ । तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा वडा अध्यक्षसँग बालबालिका कार्यक्रम भएको छ।
बालमैत्री शिक्षाको अवधारणा सफल बनाउन उक्त कार्यक्रम गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूले सामाजिक, आर्थिक रूपान्तरणका विषयमा
ज्ञान आर्जन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले बताए। वडा नं. ४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्रीले कार्यक्रममा बोल्दै सफल जीवनका आधारबारे प्रकाश पारे। विद्यार्थीहरू भविष्यका राष्ट्रनिर्माता भएको सन्देश विद्यार्थीलाई सुनाउनुका साथै विद्यार्थीहरूबाट आएका सवालको जवाफ पनि उनले दिएका थिए। विशिष्ट अतिथिका रुपमा वडा सचिव काशीराम ज्ञवालीले विद्यार्थीको चौतर्फी ज्ञानको विकास हुनुपर्नेमा जोड दिए। समाजमा देखिने गरेका विकृति र विसङ्गतिका विषयमा विद्यार्थीलाई सचेतनाको सन्देश समेत दिए। कार्यक्रममा सोही वडाकी बालमैत्री संयोजक लक्ष्मी ज्ञवालीले बालबालिकाको हक अधिकारका बारेमा सचेतनामूलक वक्तव्य दिइन् । ज्ञवालीले विद्यार्थीलाई घरेलु हिंसा, बालश्रम शोषण, बालविवाह लगायतका विषयमा सचेत रहनुपर्ने जानकारी गराइन्।
कार्यक्रममा विद्यालयका प्राचार्य चन्द्र अधिकारी,सह प्राचार्य केशवराज न्यौपाने, मा.वि. संयोजक श्रीमणि न्यौपाने, नि.मा.वि. संयोजक कमल थापा, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोका शिक्षकहरु मनिष पौडेल, निर्मला थापा , बालमैत्री सञ्जालकी निवर्तमान अध्यक्ष अन्नुम बेगम सहित करिव २ सय विद्यार्थीको सहभागिता रहेको र ४० जना विद्यार्थीले वडा अध्यक्षसँग प्रश्न गरेका शिक्षक कुलचन्द्र पुरीले जानकारी दिए ।