© २०२३
बुटवल,१४ भदौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले पार्टीको लुम्बिनी प्रदेश प्रथम अधिवेशनको सन्दर्भमा गुटगत भेला नगर्न आग्रह गरेका छन् ।
प्रदेश अध्यक्षका आकांक्षी हरि रिजाल पक्षले गुटगत भेलाको शुरुवात गरेपछि नेता गिरीले अधिवेशनको पुर्वसन्ध्यामा अधिवेशनलाई प्रभाव पार्ने गरी पार्टी केन्द्रीय कमिटीका केही सदस्यहरुको अगुवाईमा गुटगत भेला आयोजना गरिनुलाई दुखद भनेका छन् ।
‘लामो गुटफुट र विभाजनको पिडाबाट मुक्तभै सहजतापूर्ण वातावरण बन्ने परिवेशमा यस खालका भेला आयोजना हुनु अत्यन्त दुखद छन। यसले पार्टीलाई राम्रो गर्दैन। म यस अधिवेशनमा आउनुहुने सबै प्रतिनिधि कमरेडहरुलाई यसखाले गलत गतिविधिका प्रभावमा नपर्न र स्वतनत्रातापूर्वक आफ्नो विवेक प्रयोग गरी अधिवेशनलाई सफल बनाउन हार्दिक अपिल गर्दछु’–गिरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुटबन्दी नगर्न आग्रह गरेका छन् । प्रदेशको नेतृत्व लिन हालका अध्यक्ष पाल्पाका राधाकृष्ण कंडेल र प्युठानका हरि रिजालले उम्मेदवार बन्ने घोषणा सहित लबिङ तीब्र बनाएका छन् । रिजालले गुटगत भेला गरेपनि कंडेलले गरेको सार्वजनिक भएको छैन ।