© २०२३
नवलपुर, १३ भदौ ।
पूर्वी नवलपरासीको नवलुरमा विषालु च्याउ खाएर चार जना विरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ त्रिभुवनटार स्थित सुरज पोल्ट्री फर्ममा काम गर्ने कावासोती १४ का २३ बर्षीया पूर्णिमा परियार, २४ बर्षीया शान्ति परियार, निजका छोरी ६ बर्षीय रोशनी परियार र पोल्ट्री फर्म सञ्चालक कावासोती १४ निवासी ४८ बर्षीया निलकण्ठ तिमिल्सिना विरामी परेका हुन् ।