Butwal Today

पाल्पाको जोर्तेमा स्कार्पियोलाई पहिरोले च्याप्दा पाँच घाइते

१३ भाद्र २०८०, बुधबार
अ+
अ-

बुटवल, १३ भदौ ।

पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोलाई पहिरोले च्यापेको छ । सडक माथिबाट एक्कासी खसेको पहिरोले गुडिरहेको स्कारपियो च्यापिएको हो । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियोमाथि जोर्तेको उकालोमा पहिरो खसेको थियो । पहिरोले च्यापिंदा जीपमा सवारमध्ये पाँच जना घाईते भएका छन् ।

पहिरोमा च्यापिएका तीन जनालाई अझै सम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ । घटनाबारे थप बिवरण आउन बांकी छ ।