ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

अस्पतालमा बालिका मृत्युको विरोधमा टायर बाल्दा जलेर दुई युवक घाइते

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

बुटवल, १३ भदौ ।

गुल्मीको सदरमुकाम तम्घासस्थित अस्पतालमा उपचाररत बालिकाको मृत्युको छानबिन माग गर्दै आन्दोलनमा उत्रिएका दुई युवक जलेर घाइते भएका छन् । आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

एक्कासी पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परेर जलाउँदा घाइते भएका हुन् । उनीहरुलाई तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि पाल्पा ल्याउँदै गरिएको छ । आगोले जलेकाहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार हुँदैछ । गुल्मी प्रहरीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानका अनुसार गुल्मी प्रहरीले आन्दोलन गर्दै आएकाहरुलाई सडकमा टायर नबाल्न आग्रह गरेको थियो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएपछि तनाब बढेको हो । अस्पतालको लापर्बाहीले बालिकाको मृत्यु भएको भन्दै बालिकाका आफन्तसहितले मंगलबार बिहानैदेखि आन्दोलन गरेका हुन् ।

मरासिनीका आफन्तजनहरूले अस्पतालको लापर्बाहीका कारण ज्यान गएको बताएका छन् । प्रशंसालाई पेट दुख्ने, वान्ता हुने लगायतका समस्या भई गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको थियो । बेलुका भ्याइनभ्याइ उपचार गरिएकामा मंगलबार बिहान मृत्यु भएको गुल्मी अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत असिम चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतकका बाबु तथा आफन्तले चिकित्सकको लापर्बाहीले गर्दा मृत्यु भएको भन्दै अस्पताल घेराउ गर्दै आएका थिए । लापर्बाही गर्नेलाई कडा कारबाही गर्न आफन्तको माग छ । जिल्ला प्रशासनमा पीडित पक्षसमेतको सहभागितामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिले यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर आउने गुल्मी अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?