© २०२३
नवलपुर, १२ भदौ ।
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा जिल्लको बुुलिङटार गाउँपालिका वडा नं ४ का एक बालक बेपत्ता भएका छन् ।
सोमबार साँझ स्थानीय १३ बर्षीय सन्तोष दरै सहित चार जना बालकहरु कालीगण्डकी नदीमा पौडी खेल्न गएका र कालीगण्डकी नदीको बहाबले सन्तोषलाई बगाएको र बाँकी तीन जना भने सकुुशल रहेको स्थानीय बुुलिङटार ४ कोखेका समाजसेवी एवं दरैका आफन्त गौतम दरैले बताए ।
कालीगण्डकी नदीमा अहिले ठुुलो बहाब आएको छ । हरेक वर्षायाममा यहाँ कुुनै न कुनै दुुर्घटना हुुने गरेको दरैले बताए । बुलिङटार प्रहरी चौकीका प्रहरीका अनुुसार माछा मार्ने योजना सहित कालीगण्डकी नदीमा पुुगेका चार मध्ये सन्तोष दरैलाई नदीले बगाएर बेपत्ता पारेको र खोजी भैरहेको छ तर हाल सम्म फेला परेको छैन ।
स्थानीयले अहिले पनि खोजी कार्यलाई तीब्र पारेका स्थानीय चेतबहादुुर गोदामीले बताए ।