Butwal Today

एमसीसी राष्ट्रघाती हो भन्दा मेरो पार्टी बोल्न सकेन : खनाल

११ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौं,११ भदौ ।   नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रघाती हो भन्दा आफ्नो पार्टी नेतृत्व बोल्न नसकेको गुनासो गरेका छन् । उनले एमसीसीको विरोध गर्नेहरुलाई छानीछानी चुनाव हराएको र त्यसमा आफू पनि परेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको सवालमा लामो समयसम्म अझै कुरा उठ्न सक्ने बताए ।

साम्राज्यवादका सामुन्ने नतमस्तक भएर एमससिी अनुमोदन गरिएको र यो इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको खनालले स्मरण गरे । अब सडकबाट विरोध गर्नुको विकल्प नभएको उनले बताए । सदनमा यसको विरुद्ध कुरा उठाएको हुंदा विरोध गर्नेहरुलाई हराउन ठूलो ग्राण्ड डिजाइन गरिएको र त्यसको शिकार आफूलाई पनि बनाइएको खनालले बताए ।

उनले एमसीसी अनुमोदन गरेर नेपालका केही नेताले निधारमा कालो टीका लगाएको टिप्पणी समेत गरे । सदनमा एमसीसीको विरोध गर्ने बेलामा भीम रावलले मात्रै साथ दिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?