ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

नेकपा एस निकट युवा संघमा विवाद चर्कियो, कृष्ण विकलाई संयोजक बनाएकोप्रति असन्तुष्टि

११ भाद्र २०८०, सोमबार
११ भाद्र २०८०, सोमबार

काठमाडौं, ११ भदौ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघभित्रको असन्तुष्टि चुलिएको छ ।

आइतबार बसेको सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको संयोजकमा कृष्ण विकलाई चयन गरेपछि नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

सहसंयोजक जिम्मेवारी तोकिएका नितेश पौडेलले बहुमत सदस्यलाई बेवास्ता गरेर राखिएको बैठक आधिकारिक नै नभएको दाबी गरेका छन्। उनले आफ्नो पक्षमा बहुमत हुँदा हुँदै विकलाई संयोजक बनाएकोप्रति असन्तुष्टि जनाएका हुन् ।

यस्तै, सचिवालय बैठकले सदस्य-सचिवको जिम्मेवारी दिएको सञ्जीव राईले पनि उक्त पदमा बस्न अस्वीकार गरेका छन् ।
राईले फेसबुकमा लेखेका छन्, ‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषण गरे पनि, म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु । साथै मप्रति श्रद्धा माया र शुभेच्छा प्रकट गर्नु हुने सबै कमरेडहरूलाई विशेष धन्यवाद ।

संगठनमा देखिएको अराजकता र गतिरोधलाई तोडेर पार्टी सचिवालय र संघको बैठकले महाधिवेशन आयोजक कमिटी संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल अघि बढ्न सुझाव दिएका छन् ।

गत शनिवार नेकपा एसनिकट युवा संघका अलग अलग भेला भएका थिए । अध्यक्ष नरेश शाहीको नेतृत्वमा कालोपुलमा भएको बेलाले विकलाई अध्यक्ष चयन गरेको हो । नितेश पक्षले भने अर्याल होटलमा अलग भेला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?