ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

सातौं खुल्ला जिल्लास्तरीय स्नुकर प्रतियोगिता भदौ २२ गतेदेखि हुंदै

अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने स्नुकर खेलको विकासमा सरकारको छैन ध्यान
१० भाद्र २०८०, आईतवार
१० भाद्र २०८०, आईतवार

बुटवल, १० भदौ । स्नुकर खेलको अन्तराष्ट्रिय खेलाडी रेगन श्रेष्ठ बुटवलका हुन । विश्व स्नुकर च्याम्पियनसिपमा अन्तिम १६ सम्म पुग्न सफल भएर ईतिहास रचे । उनि नेपालको स्नुकर खेलको एक नम्बर रेकिङका खेलाडी हुन । उनिजस्तै रुपन्देही र लुम्बिनी प्रदेशबाट दजनौ खेलाडीहरु राष्ट्रिय प्रतियोगिता खेलेका छन । यति धेरै खेलाडी उत्पादन भएको क्षेत्रमा सरकारबाट भने खासै चासो दिएको पाउदैनौ । खेलाडी र खेलप्रेमीहरुको सहयोगमा सातौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८० तयारी भैरहेको छ ।

युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भदौ २२ गतेबाट शुरु हुने प्रतियोगिताको खेलाडी दर्ता, खेल स्थलको तयारी लगायत सबै पूरा भएको संघका अध्यक्ष सुजन पुनले बताए । बेरोजगार र कुलतमा फसेका युवाहरुको थलोको रुपमा यो खेललाई चिनिने गरेको बेला पछिल्लोसमय भने यसको परिचय फेरिएको उनले बताए । स्थानियस्तरमा खेलाडी, खेलप्रेमीहरु निरन्तर लागेर अहिलेको स्थानमा पुगेको उनले बताए । बुटवलबाट रेगन श्रेष्ठ जस्ता अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए । ‘श्रेष्ठले अन्तरास्ट्रिय पहिचान बनाउन सफल भएको छ ।’—उनले भने । नेपालको रेकिङमा नम्बर एक खेलाडी बुटवलकै रहेको उनले बताए । सरकारबाट नै आवश्यक पुर्वाधार र खेलकुद सामग्री उपलब्ध गराउन सके युवा खेलाडी उत्पादनमा थप प्रोत्साहन मिल्ने उनले बताए । राष्ट्रिय खेलकुद परिषदले मान्यता दिएको यो खेल सातौ, आठौ र नवौ प्रतियोगितामा भने सहभागी नगराएको उनले दुखेसो गरे ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, ट्रफि, प्रमाणपत्र, उपविजेताले नगद २५ हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि हाई स्कोररलाई नगद १० हजार रुपैया, ट्रफि, प्रमाणपत्र, उदयमान खेलाडी, अनुशासित खेलाडीलाई नगद ५ हजार रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि पुर्ण स्कोर १४७ लाई नगद १ लाख रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
कार्यक्रममा संघका कोषाध्यक्ष अमिन थापाले कुल ५ लाख रुपैया खर्च हुने प्रतियोगितामा खेलप्रेमीहरुको सहयोग मिलेको बताए । प्रतियोगिताको छैटौ संस्करणको विजेता भैरहवा कसिस कोईराला रहेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा संघका सल्लाहकार शिव राना, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, सल्लाहकार शिशिर गुरुङ, स्नुकरको पाल्पा च्याम्पियन कुनल श्रेष्ठ, महासचिव शंकर खड्काले स्थानिय खेलाडीहरुलाई प्लेटफर्म दिने गरि स्थानीयस्तरमा प्रतियोगिताहरुका साथै राष्ट्रिय प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बासु प्रधानले स्नुकर अनुसासित खेल भएको बताए । शारीरिक र मानसिक दुबै ब्यायाम हुने स्नुकर खेलप्रति समुदायमा रहेको गलत दृष्टिकोण फेरिएको भन्दै नेपालमा विकासकै क्रममा रहेको बताए । प्रतियोगितामा १ सय ५० जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने छन । रुपन्देहीमा ४४ वटा क्लब र १ हजार खेलाडी रहेका छन । प्रतियोगिताको मिडिया पार्टनर न्युज बुटवलटुडे डटकम रहेको छ ।

 

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?