© २०२३
दाङ, १० भदौ ।
दाङमा चोरी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । घोेराही उपमहानगरपालिका वडा नम्बर –४ गोग्ली निवासी ३३ बर्षीय निमबहादुर चौधरी र ३१ बर्षीय बुद्धिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै जनालाई घोराही उपमहानगरपालिका वडा नम्वर १५ स्थित दाङ जिल्ला अदालतको अघितिरको सडकमा हिडिरहेको अवस्थामा आइतबार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता राजनकुमार गौतमले जानकारी गराएका छन् ।
दुवै जनालाई चोरी मुद्दामा दाङ जिल्ला अदालतले २०७९ साल भदौ १२ गते जनही ३÷३ महिना कैद सजायसँगै ३÷३ हजार रुपैयाँ नगद जरिवाना फैसला गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिएका छन् ।