© २०२३
चन्द्रौटा(कपिलवस्तु), ९ भदौ ।
रोट्रयाक्ट कल्ब अफ चन्द्रौटा कपिलवस्तुले निःशुल्क दन्त शिविर गरेको छ । शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटा दुर्गा मन्दिरमा शनिबार भएको एक दिने शिविरबाट १ सय ५० जनाले सेवा लिएका छन् ।
रोट्रयाक्ट कल्ब अफ कपिलवस्तुको आयोजना, रोट्ररी क्लब अफ कपिलवस्तुको सह आयेजनामा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । लुम्बिनी प्रदेशका सांसद अर्जुन कुमार केसीले शिविर कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रमै पहिले पटक नौलो कामको सुरुवात गरेको प्रशंसा गरे । समय सापेक्ष कार्यक्रम सञ्चालन गरेको जनाउँदै आम नागरिकले प्रत्यक्ष सेवाको अनुभुति गरेको उनले बताए । स्थानीयको समस्यालाई मध्यनजर गर्दै आगमी समयमा समेत यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।
पछिल्लो समय बढ्दो दन्तको समस्या हुने गरेकोले नागरिकहरुलाई सतर्क रहन आग्रह समेत सांसद केसीले गरे । संवेदनशिल अंग भएको हुदा समय समयमा चेक जाँच गर्नपर्नेमा जोडदिए । दाँत जस्तो महङ्गो उपचार गर्न विभिन्न ठूला शहरहरुमा धेरै पैसाको जोहो गरी जानु पर्ने समस्याको लागि शिविरले सर्वसाधारणका लागि सहज बनाएको उल्लेख गरे । चन्द्रौटामा रहेको निदान डेन्टल क्लिनिकको प्राविधिक सहयोग तथा इन्सेप्सन एजुकेशनल फाउण्डेशनको आर्थिक सहयोगमा शिविरमा दन्त सम्बन्धित बिरामीले दाँत चेक जाँच गराएको रोट्रयाक्ट कल्ब अफ चन्द्रौटाकी अध्यक्ष माया बस्नेतले जानकारी दिइन् ।
आफ्नो कार्यकालको पहिलो कार्यक्रम रहेको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट कार्यक्रम ल्याउने समेत उनले जिकिर गरिन् । बिहान ९ बजे देखि सुरु भएको शिविरमा निःशुल्क ओ.पि.डि सेवा, निःशुल्क दन्त परीक्षण तथा परामर्श, सामान्य दांत निकाल्ने सेवा, अस्थाई सीमेन्ट भर्ने, निःशुल्क औषधी वितरण सेवा तथा शिविरमा आएका बिरामीलाई दांत सम्बन्धि सेवा लिएका जनाइएको छ । बिरामीलाई जुनसुकै उपचार गर्दा २० प्रतिशत छुटमा निदान डेन्टल क्लिनिकले उपचार गर्ने व्यवस्था रहेको सञ्चालक धुब्र कुमार मिश्रले बताए ।