ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

ठूला अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदा सेवाग्राही मारमा

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार
पाल्पा, ९ भदौ ।
नेपाल सरकारले जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई स्वास्थ्य बिमा कार्यक्रमबाट हटाएकोमा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेपछि यस जिल्लाको कुल जनसंख्यको ८० प्रतिशत स्वस्थ्य बिमा कार्यक्रममा जोडिएका थिए । सरकारी स्वास्थ्य संस्थामा प्रयाप्त मात्रामा औषधी नहुनु, विशेषज्ञ सेवा नहुनु जस्ता कारणले गर्दा बिमितहरुले मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई उपचार केन्द्र बनाएका थिए ।
सानो रकमबाट परिवारकै औषधी उपचार गर्न सहज भएको थियो । तर सरकारले मिसन अस्पतालबाट सेवा प्रवाह बन्द भएपछि विमितहरुलाई थप समस्या परेको तानसेन बजारकी मिना कार्की बताउँछिन् ।
केहीदिन अगाडि बिमा बोडले रकम भुक्तानी नगरेको भन्दै बिमा कार्यक्रम कार्यन्वयन गर्न नसकिने भन्दै मिसन अस्पतालले सेवा बन्द गर्ने चेतावनी दिएको थियो । सरकारले रकम भुक्तानी गर्ला भन्ने ठुलो आशा थियो तर रकम भुक्तानी गर्नुको सट्टामा बिमा बोडले सुचना नै प्रकाशित गरी बिमा कम्पनीबाट हटाएको भन्ने खबरले बिमितहरुलाई चिन्तित तुल्याएको सरोकारवालाहरुको भनाई छ ।
लुम्बिनी मेडिकल कलेजमा भने गतवर्ष देखि नै स्वास्थ्य बिमा कार्यक्रम रोकिएको थियो । मिसन अस्पतालले गत साउनको अन्तिम साताबाट बिमा कार्यक्रम लागु नगर्ने गरी बन्द गरेको थियो ।
मिसन अस्पतालले भने लामो समयदेखि बिमा बोडबाट रकम भुक्तानी हुन नसक्दा अस्पतालमा कार्यरत कर्मचारीको तलव, औषधी खरिद, दैनिक प्रशासनिक कार्य संचालनका लागि समस्या परेको भन्दै पटक पटक रकम भुक्तानीका लागि बिमा बोड समक्ष लिखित जानकारी गराउँदा सम्म बेवास्ता गरेका कारण वाध्य भएर सेवा बन्द गर्न परेको अस्पताल प्रशासनले जनाएको छ ।
स्वस्थ्य बिमा बोडले पाल्पाली जनताप्रति अन्याय गरेको हो । बिमा बोडले बिमा कार्यक्रम लागु भएको स्वस्थ्य सस्थाहरुको अनुगमन नगर्दा पनि समस्या उत्पन्न भएको हो । स्वस्थ्य बिमा बोड औपचारिकतामा मात्र सीमित हुने भएका कारण, स्वस्थ्य संस्थाहरुले आफुखुसी गर्दा ठुलो धनराशी रोकिन पुगेको सरोकारवालाहरुको भनाई रहेको छ । स्वास्थ्य बिमा बोडका अनुसार सिसन अस्पतालले आवश्यक कागजी प्रकृयाहरु पुरा नगरेका कारणले रोक्न पुगेको हो । यस अगाडि कागज सच्याएपछि मात्र रकम भुक्तानी गरेको हो । बिमा बोडले उल्लेख नगरेका औषधी प्रयोग गरेका कारण मिसन अस्पतालालाई बिमा कार्यक्रमबाट हटाईएको बताइएको छ । बिमा कार्यक्रम पाल्पा, रामपुर मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ ,खस्यौली, लायन्स लाकौल आँखा अस्पतालमा बिमा कार्यक्रम लागु भएकोमा लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा बिमा कार्यक्रम बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?